Nepal Life

मतदानका दिन मौसम मुख्यतया सफा रहने, तराई क्षेत्रमा बिहान हुस्सु लाग्ने सम्भावना

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 18:51
मतदानका दिन मौसम मुख्यतया सफा रहने, तराई क्षेत्रमा बिहान हुस्सु लाग्ने सम्भावना
National Life

काठमाडौँ, फागुन १९ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने जनाएको छ । 

Shikhar
NIMB

महाशाखाले मङ्गलबार साँझ जारी गरेको मौसम बुलेटिन अनुसार फागुन २१ गते तराई भू–भागका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना छ । सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल रहनेछ भने देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने अन्य भू–भागमा तुँवालो देखिएको छ ।

मङ्गलबार राति तराई क्षेत्रका थोरै स्थानमा तुँवालो कायम रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

बुधबार तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल रहने अनुमान गरिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया