मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान
- BFIS News
- 2026 Mar 05 13:53
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्यका लागि जारी मतदानमा मुगु जिल्ला मा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोग, नेपाल का अनुसार जिल्लामा कुल १५ हजार ७०५ जनाले मतदान गरेका छन्। जसमध्ये ८ हजार ९७ महिला र ७ हजार ६०८ पुरुष मतदाता रहेका छन्।
मुगुमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले राष्ट्रिय समाचार समिति (रासस) लाई जानकारी दिनुभयो।
मुगुमा कुल ३६ हजार ३१ मतदाता रहेका छन्। जिल्लाभर ६७ मतदानस्थल र ६९ मतदान केन्द्र तोकिएका छन् भने कुल सात जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया