Nepal Life

काठमाडौँमा दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 15:36
काठमाडौँमा दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान
National Life

काठमाडौँ, फागुन २१ गते । निर्वाचन आयोग, नेपाल का अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मत खसेको छ।

 

Shikhar
NIMB

उपत्यकामा दिउँसो २ बजेसम्म ४७ प्रतिशत मतदान भएको छ। प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा ३२ प्रतिशत, मधेश प्रदेशमा ३२ प्रतिशत, बागमती प्रदेश मा ३४ प्रतिशत, गण्डकी प्रदेशमा ३९ प्रतिशत, लुम्बिनी प्रदेशमा २९ प्रतिशत, कर्णाली प्रदेशमा ३६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

देशका कुल १६५ निर्वाचन क्षेत्रमा १० हजार ९६७ मतदानस्थल रहेका छन्। कुल मतदाता संख्या एक करोड ८९ लाख तीन हजार ६८९ मध्ये हालसम्म ६२ लाख २० हजार ४२ मत खसेको आयोगले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया