Nepal Life

रुकुमपूर्वको प्रारम्भिक मतगणनामा प्रचण्ड भारी अग्रतामा

NMB Bank
  • BFIS News
  • 2026 Mar 06 10:05
रुकुमपूर्वको प्रारम्भिक मतगणनामा प्रचण्ड भारी अग्रतामा
National Life

रुकुमपूर्व, फागुन २२ गते । रुकुमपूर्वको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले अग्रता लिनुभएको छ।

 

Shikhar
NIMB

भूमे गाउँपालिका–१, २, ३ र ४ को मत परिणाम आएको छ। जसमा २ हजार ६३५ मतगणना हुँदा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो।

यसैगरी नेपाली कांग्रेसका सुकुस थापाले ४१७ मत, नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका लखन थापाले १७६ मत प्राप्त गर्नुभएको छ।

यसैगरी राप्रपाका रोशन शाहले ७ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले ६ मत, प्रलोपाका सन्दिप पुनले ३५ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योती रोकाले ४५ मत, नेशनल रिपब्लिकका धर्मकुमार बुढाले ६ मत, नेकपा माओवादीका जुद्धबहादुर बुढाले १० मत र जसपाका सिरबहादुर बुढाले १ मत प्राप्त गर्नुभएको छ।

हालसम्म गणना भएको मतमध्ये ८६ मत बदर भएको छ। जिल्लामा ३४ हजार ७७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया