Nepal Life

"काम गर्नुस्, भोटको आश नगर्नुस्"

NMB Bank
  • प्रकाश तिवारी
  • 2026 Mar 08 19:37
"काम गर्नुस्, भोटको आश नगर्नुस्"
National Life

आदरणीय जनप्रतिनिधि तथा राजनीतिज्ञज्यूहरू,

नमस्कार !

तपाईँको मनमा अहिले एउटा निकै नुनिलो प्रश्न खेलिरहेको होला। "सुख-दुःखमा साथ दिने हामी, मर्दा-पर्दा काँध हाल्ने हामी, साना-साना दुःखमा रातदिन नभनी खट्ने हामी; तर भोट चाहिँ कसैले चिन्दै नचिनेको मान्छेलाई?"

Shikhar
NIMB

लाग्दो हो हामीले मागेको एउटा भोट दिन नसक्ने यो सहर, यो गाउँ र यी मान्छेहरूका लागि अब किन पसिना बगाउनु? "काम गरेर के हुँदो रहेछ र?" भन्ने यो वैराग्य आउनु स्वभाविक हो। "यति काम गरेर पनि के भयो र? आखिर चुनाव त हारियो।" लाग्दो हो, यो जनता भन्ने चिज नै कृतघ्न हुन्छन्, यिनका लागि पसिना बगाउनु नै बेकार छ।

तर, अलिकति गहिरिएर सोचौँ त, भोट एउटा 'प्राविधिक' कुरा हो, जुन कहिलेकाहीँ हावाको लहरसँगै अपरिचितको पोल्टामा पुगिदिन्छ वा परिवर्तन खोज्दछ। तर तपाईंले मर्दा-पर्दा दिएको त्यो 'साथ' र साना काममा बगाएको त्यो 'पसिना' कुनै मतपत्रमा छापिएर आउने कुरा होइनन्। ती त मान्छेको स्मृतिमा गाडिएर रहने कुरा हुन्। तपाईंले दिनुभएको सहज सेवा र विकासले कसै न कसैको जीवन त सजिलो भएकै छ नि। त्यो आशीर्वाद कुनै पनि चुनावी जितभन्दा ठूलो 'सम्पत्ति' हो।

हो, तपाइँले बनाइदिएका बाटोमा हिँड्नेहरूले अर्कैलाई भोट दिए होलान्। तपाइँले सहज बनाइदिएका सरकारी कार्यालयका ढोकाबाट छिर्नेहरूले तपाइँकै विरुद्ध नारा लगाए होलान्। र, तपाइँले मर्दा-पर्दा काँध हालेकाहरूले मतदानको दिन तपाइँ हाम्रो हात छोडे होलान्।

तर सम्झनुस् त, जनताले तपाईं हामीलाई भोट दिँदा "यो काम गरिदियौ भने अर्को पटक पनि भोट दिउँला" भनेर वाचा गरेका थिएनन्। उनीहरूले त केवल आफ्नो भरोसा तपाईंको झोलामा हालिदिएका थिए। त्यसैले अब पनि ती मान्छेका टुटेका भरोसा जोड्न हिजोभन्दा दोब्बर शक्तिले मैदानमा उत्रनुस्। चुनावको नतिजाले तपाईँ हाम्रो क्षमतालाई होइन, केवल समयको एउटा लहरलाई मात्रै देखाएको हो।

हार त एउटा चुनावको नतिजा मात्रै हो, तर हारिसकेपछि पनि जनताको ढोका नछोड्ने जिद्दी नै एउटा सच्चा नेताको असली पहिचान हो।

चुनाव जितेर जाने मित्रहरू,

तपाईँहरूको भव्य जितको अलि पर, एउटा सामान्य नागरिकको आशा छटपटाइरहेको छ नबिर्सनु होला।

जय नेपाल॥

(प्रकाश तिवारी अर्जुन चौपारी गाउपालिकाका अध्यक्ष हुन्)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया