Nepal Life

ताप्लेजुङमा समानुपातिकतर्फ एमाले पहिलो

NMB Bank
  • BFIS News
  • 2026 Mar 08 20:36
ताप्लेजुङमा समानुपातिकतर्फ एमाले पहिलो
National Life

ताप्लेजुङ, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ ताप्लेजुङमा नेकपा (एमाले) पहिलो दल बनेको छ। अन्तिम मतपरिणामअनुसार एमालेले ११ हजार ३४५ मत प्राप्त गरेको छ।

 

Shikhar
NIMB

आइतबार बेलुकी सम्पन्न मतगणनाको अन्तिम विवरणअनुसार नेपाली काँग्रेस ९ हजार ६४३ मतसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै ८ हजार ६९८ मतसहित श्रम संस्कृति पार्टी तेस्रो र ६ हजार ४९५ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा रहेको छ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी ५ हजार २१४ मतसहित पाँचौँ स्थानमा रहेको छ। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ५१० मत प्राप्त गर्दै छैटौँ स्थान बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४१५ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ३०२ मत ल्याउँदै क्रमशः सातौँ र आठौँ स्थानमा रहेका छन्।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ताप्लेजुङमा समानुपातिकतर्फ माथिका आठ दलसहित विभिन्न ५६ दलले मत प्राप्त गरेका छन्। जिल्लामा समानुपातिकतर्फ कुल ४५ हजार ८५२ मत खसेकोमा ४३ हजार ८१३ मत सदर भएको छ भने २ हजार ३९ मत बदर भएको जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया