NIMB Header 2
Nepal Life

सुन चाँदीको मूल्यमा सामान्य बृद्धि, प्रतितोला २ लाख ९१ हजार ८०० मा कारोबार

IME LIFE
  • BFIS News
  • 2026 Apr 07 11:28
सुन चाँदीको मूल्यमा सामान्य बृद्धि, प्रतितोला २ लाख ९१ हजार ८०० मा कारोबार
United Ajod

काठमाडौं। नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा मध्यम वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन उक्त सुनको मूल्य २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो।

Nepal Life
NIMB

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले वृद्धि भई २ लाख ९१ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन यसको मूल्य २ लाख ९० हजार ७०० रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ४ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव, विनिमय दरको उतारचढाव तथा आन्तरिक माग–आपूर्तिको अवस्थाले सुन–चाँदीको मूल्यमा दैनिक परिवर्तन देखिने गरेको व्यवसायीहरू बताउँछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया