Nepal Life

अनुमति नलिइ तथ्याङ्क प्रयोग नगर्न नेप्सेको निर्देशन, अनाधिकृत रुपमा प्रयोग गरेमा कानुनी कारबाही गर्ने

NMB Bank
  • BFIS News
  • 2023 Oct 10 16:33
अनुमति नलिइ तथ्याङ्क प्रयोग नगर्न नेप्सेको निर्देशन, अनाधिकृत रुपमा प्रयोग गरेमा कानुनी कारबाही गर्ने
National Life

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले अनुमति नलिइ तथ्याङ्क प्रयोग नगरिदिन सम्पुर्ण प्रयोगकर्तालाई अनुरोध गरेको छ । नेप्सेले कारोबार प्रणाली मार्फत सिर्जित भएका तथ्यांक अनाधिकृत रुपले प्रयोग नगर्न निर्देशन दिएको हो ।

Shikhar
NIMB

नेपाल स्टक एक्सचेन्जको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७७ को दफा ४ अनुरुप इच्छुक प्रयोगकर्ताले निवेदन दिनु पर्नेछ । सञ्चार माध्यम, लगानीकर्ता, तथ्याङ्क व्यापारी, वित्त विश्लेषक, औजार विकासकर्ता, विद्यार्थी, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाले अनुमति नलिइ आइपि एड्रेस लगायतका प्रणाली मार्फत तथ्याङ्क प्रयोग गरेको पाइए पछि यस्तो सूचना जारी गरेको हो ।

यस कार्यविधि अनुसार जुनसुकै प्रयोगकर्ताले अनुमति लिएर तोकिएको शुल्क भुक्तानी गर्नु पर्छ । नेप्सेका लाइभ तथ्याङ्कहरु विभिन्न अनलाइन प्रणाली मार्फत तानेर प्रयोग गर्ने क्रम बढेको छ । यदि यस्ता प्रयोगकर्ताले अनाधिकृत रुपले तथ्याङ्कहरुको प्रयोग गरेको पाइएमा कानुनी कारबाहीको प्रकृयामा जाने नेप्सेले चेतावनी समेत दिइएको छ ।

नेपाल स्टक एक्सचेन्जको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७७

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया