NIMB Header 2
Nepal Life

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला, जुगल गाउँपालिका र बैदेशिक रोजगारमा गएकाले भर्न पाउने

IME LIFE
  • BFIS News
  • 2026 Mar 22 10:26
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला, जुगल गाउँपालिका र बैदेशिक रोजगारमा गएकाले भर्न पाउने
United Ajod

काठमाडौं, चैत ८ — याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (चैत ८ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी शेयर बिक्री सुरु गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये ७ करोड रुपैयाँ बराबरका ७ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। उक्त शेयरमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात २ करोड १० लाख रुपैयाँ बराबरका २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने विदेशमा रहेका नेपालीहरूले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत २२ गते बन्द हुनेछ भने माग अनुसार ढिलोमा २०८३ बैशाख ७ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

याम्बालिङ्ग हाइड्रोपावरले सञ्चालन गरिरहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रति मेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ६ महिना बाँकी छ।

यस आयोजनामा गरिएको लगानी साधारण रूपमा १०.७६ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने छुट दर (डिस्काउण्ट) मा १९.८७ वर्ष लाग्नेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंक लिमिटेड को जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि-आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेड द्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया