NIMB Header 2
Nepal Life

नेप्सेमा लगातार दोस्रो दिन गिरावट, कारोबार रकम भने बढ्यो

IME LIFE
  • BFIS News
  • 2026 May 19 15:43
नेप्सेमा लगातार दोस्रो दिन गिरावट, कारोबार रकम भने बढ्यो
United Ajod

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि NEPSE परिसूचक घटेर बन्द भएको छ।

Nepal Life
NIMB

लगातार दोस्रो दिन बजार ओरालो लागे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि देखिएको छ।

मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा कायम भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले ओरालो लागेको छ।

कारोबार रकमतर्फ भने सुधार देखिएको छ। सोमबार २ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। कुल ३४६ कम्पनीका ७८ लाख १६ हजार कित्ता शेयर ४५ हजार ५१९ पटक खरिदबिक्री भएका हुन्।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक को शेयरमूल्य सर्वाधिक १४.२६ प्रतिशतले बढेको छ। त्यस्तै नेपाल रिपब्लिक मिडिया को शेयरमूल्य करिब ६.५ प्रतिशतले वृद्धि भएको छ। अधिकांश अन्य कम्पनीको मूल्यवृद्धि भने ४ प्रतिशतभन्दा कम रहेको छ।

गिरावटतर्फ सिटि होटल को शेयरमूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा पनि सिटि होटल नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यसैगरी साहस ऊर्जा को ९ करोड रुपैयाँभन्दा बढी तथा आँखु खोला जलविद्युत कम्पनी को साढे ८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूह ओरालो लागेका छन्। विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा समूहमा सामान्य वृद्धि देखिएको छ। व्यापार उपसमूह भने सबैभन्दा धेरै १.२४ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया