NIMB Header 2
Nepal Life

रिलायबल समृद्धि योजना २ मा आवेदन दिने म्याद जेठ १२ सम्म थप

IME LIFE
  • BFIS News
  • 2026 May 15 08:02
रिलायबल समृद्धि योजना २ मा आवेदन दिने म्याद जेठ १२ सम्म थप
United Ajod

काठमाडौं । Reliable Capital Investment and Merchant Capital Limited ले निष्काशन गरेको सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना २’ मा इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरिएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले बैशाख २९ गतेदेखि बिक्री खुला गरेको उक्त योजनामा अब जेठ १२ गतेसम्म आवेदन दिन सकिने जनाएको हो।

क्यापिटलका अनुसार निर्धारित अवधिभित्र मागभन्दा बढी आवेदन परेमा भने तोकिएको समयअघि नै सूचना प्रकाशित गरी निष्काशन बन्द गर्न सकिनेछ।

१० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरका कुल १० करोड इकाई निष्काशन गरिएको छ। यसमार्फत एक अर्ब रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखिएको छ। योजना Reliable Mutual Fund अन्तर्गत सञ्चालन हुनेछ।

निष्काशन गरिएको कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ। त्यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक Reliable Nepal Life Insurance Limited लाई तथा १० लाख इकाई योजना व्यवस्थापकका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत दिन सकिनेछ। साथै, Mero Share प्रणाली प्रयोग गरी सि–आस्बामार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक Reliable Investment and Merchant Capital Limited रहेको छ। क्रेडिट रेटिङ संस्था CARE Ratings Nepal Limited ले कोष प्रवर्धकलाई ‘CARE-NP Single A Minus Issuer Rating’ तथा योजना व्यवस्थापकलाई ‘CARE-NP AMC Quality 4 Plus Rating’ प्रदान गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया