NIMB Header 2
Nepal Life

सुकुम्बासी व्यवस्थापनमा सरकारको नीति गलत रहेको सांसद विष्णुमाया बिकको आरोप

IME LIFE
  • BFIS News
  • 2026 May 19 13:25
सुकुम्बासी व्यवस्थापनमा सरकारको नीति गलत रहेको सांसद विष्णुमाया बिकको आरोप
United Ajod

काठमाडौं । विष्णुमाया बिक ले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति आपत्ति जनाउँदै गरिब नागरिकलाई विस्थापित गर्नेभन्दा गरिबी न्यूनीकरणमा केन्द्रित हुनुपर्ने बताएकी छन्।

Nepal Life
NIMB

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) की सांसद बिकले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था दयनीय रहेको भन्दै सदनको ध्यानाकर्षण गराइन्।

उनले राज्य व्यवस्था तथा सुशासन समिति को तर्फबाट उक्त केन्द्रको अनुगमन गरिएको जानकारी दिँदै त्यहाँ ११० जना सुकुम्बासी नागरिक कठिन परिस्थितिमा बसिरहेको बताइन्। उनका अनुसार केन्द्रमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत २२ जना तथा स्नातक तहका पाँच जना विद्यार्थी रहेका छन्।

सांसद बिकले बस्ती हटाइएपछि विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको उल्लेख गर्दै उनीहरू असहज अवस्थामा बस्न बाध्य भएको बताइन्। साथै, केन्द्रमा रहेका दीर्घरोगीहरूले नियमित उपचार र आवश्यक औषधि नपाएको विषय पनि उनले उठाइन्।

उनले विस्थापनपछि मिलन तामाङ नामका एक व्यक्तिको मानसिक अवस्था प्रभावित भएको दाबी गर्दै उनको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिन्। साथै, प्रभावित विद्यार्थीहरूको पढाइ नियमित गराउन आवश्यक पहल गर्न पनि आग्रह गरिन्।

सरकारको सुकुम्बासी व्यवस्थापन नीतिमाथि प्रश्न उठाउँदै सांसद बिकले गरिब नागरिकलाई हटाउने कार्य रोक्नुपर्ने बताइन्। विस्थापित परिवारहरूको उचित पुनःस्थापना तथा आधारभूत आवश्यकता सुनिश्चित गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने उनको भनाइ थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया