११ महिनामा नेपालको व्यापार घाटा १६ खर्ब नाघ्यो, आयात १५ प्रतिशतले बढ्यो
- BFIS News
- 2026 Jun 22 15:46
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ)मा नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गर्दा २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात १२.२८ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष सोही अवधिमा नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो।
यस्तै, आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
आयात र निर्यात दुवै बढे पनि आयातको वृद्धि दर उच्च रहेकाले व्यापार घाटा विस्तार भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ रहेको व्यापार घाटा चालु आवको ११ महिनामा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया