NIMB Header 2
Nepal Life

स्वास्थ्य बीमा बोर्डद्वारा पुससम्म स्वीकृत सबै दाबी भुक्तानी, २५ अर्ब ४८ करोड निकासा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 24 14:30
स्वास्थ्य बीमा बोर्डद्वारा पुससम्म स्वीकृत सबै दाबी भुक्तानी, २५ अर्ब ४८ करोड निकासा
United Ajod

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षका बाँकी दायित्वसहित २०८२ साल पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीबापत कुल २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

Nepal Life
NIMB

बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को असोज, कात्तिक र मंसिर महिनासम्म प्राप्त भई स्वीकृत भएका दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो चरणमा पुस महिनामा स्वीकृत भएका दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा निकासा गरिएको छ।

यस भुक्तानीसँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत भएका सबै स्वास्थ्य बीमा दाबीको भुक्तानी पूरा भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।

बोर्डले स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई दाबी रकम नियमित, पारदर्शी तथा चरणबद्ध रूपमा उपलब्ध गराउने प्रक्रिया निरन्तर अघि बढाइरहेको पनि उल्लेख गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया