Nepal Life

कृषि विकास बैंक र कर्मचारी सञ्चय कोषबीच अवकाश कोष सञ्चालनका लागि सम्झौता

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 25 18:49
कृषि विकास बैंक र कर्मचारी सञ्चय कोषबीच अवकाश कोष सञ्चालनका लागि सम्झौता

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच बैंकका कर्मचारीका लागि सञ्चालन हुने विभिन्न अवकाशसम्बन्धी कोष व्यवस्थापनका विषयमा छुट्टाछुट्टै सम्झौता सम्पन्न भएको छ।

Nepal Life
NIMB

सम्झौताअनुसार योगदानमा आधारित उपदान कोष, योगदानरहित उपदान कोष, औषधि उपचार कोष, सुरक्षण कोष तथा विदा कोष सञ्चालनका लागि दुवै संस्थाबीच सहमति भएको बैंकले जनाएको छ। यस व्यवस्थामार्फत बैंकका कर्मचारीका अवकाश तथा कल्याणसम्बन्धी कोषहरूलाई व्यवस्थित रूपमा सञ्चालन गरिने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुबेदी, विभागीय प्रमुख नारायणप्रसाद आचार्य तथा कोष निर्देशक लेसकुमार श्रेष्ठको उपस्थिति रहेको थियो। कर्मचारी सञ्चय कोषका तर्फबाट मुख्य प्रबन्धक वीरेन्द्र पौडेलसहित अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।

यसैबीच, बैंकले कर्मचारीहरूले ई–केवाईसी (eKYC) प्रक्रिया पूरा गरी स्वीकृति प्राप्त गरेपछि उनीहरूले आजदेखि नागरिक एप तथा कर्मचारी सञ्चय कोषको एपमार्फत आफ्नो सञ्चयसम्बन्धी विवरण हेर्न सक्ने व्यवस्था लागू भएको जानकारी दिएको छ। बैंकका अनुसार यस सेवाले कर्मचारीलाई आफ्ना कोषसम्बन्धी विवरण डिजिटल माध्यमबाट सहज रूपमा प्राप्त गर्न सहयोग पुग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया