NIMB Header 2
Prabhu Mahalaxmi

सिटिजन्स बैंकका ग्राहकले नियो भर्सका इलेक्ट्रोनिक सामग्री खरिदमा १५ प्रतिशतसम्म छुट पाउने

United Ajod
  • BFIS News
  • 2026 Jul 24 14:31
सिटिजन्स बैंकका ग्राहकले नियो भर्सका इलेक्ट्रोनिक सामग्री खरिदमा १५ प्रतिशतसम्म छुट पाउने
IME LIFE

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले नियो भर्स प्रालि (नियोटिक नेपाल), झम्सिखेल ललितपुरबाट इलेक्ट्रोनिक सामग्री खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्। यसका लागि दुवै संस्थाबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ।

Nepal Life
NIMB

सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताले नियो भर्सका विभिन्न इलेक्ट्रोनिक सामग्री खरिद गर्दा अधिकतम १५ प्रतिशतसम्म छुट सुविधा लिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहकार्य गरिएको हो। बैंकले ग्राहकलाई डिजिटल बैंकिङ सेवाको प्रयोगतर्फ आकर्षित गर्न विभिन्न व्यवसायिक संस्थासँग साझेदारी गर्दै छुट तथा अन्य सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

यससम्बन्धी छुट तथा डिजिटल बैंकिङमार्फत उपलब्ध हुने अन्य सुविधाबारे विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ।

सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। साथै, युवामुखी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन (आईपीओ) तथा सीआरएन नम्बरसम्बन्धी सेवा उपलब्ध गराउने सुविधा पनि सञ्चालन गरिरहेको जनाएको छ।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, तीन विस्तार काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ४८ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया