शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो १८औँ साधारण सभा, १६ प्रतिशत लाभांश पारित गर्ने
- BFIS News
- 2026 Sep 21 11:52
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १८औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सञ्चालक समितिको ३३८औँ बैठकको निर्णयअनुसार साधारण सभा असोज २८ गते होटल सफ्रन सी.के. प्रालि., बुटवल, रुपन्देहीमा बिहान ११ः३० बजे बस्नेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने १६ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्ताव रहेको छ। बैंकले चुक्ता पुँजी ५ अर्ब २ करोड रुपैयाँको आधारमा ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित ६ प्रतिशत बोनस शेयरको रकम करिब ३० करोड १३ लाख रुपैयाँ तथा १० प्रतिशत नगद लाभांशको रकम करिब ५० करोड २१ लाख रुपैयाँ हुनेछ। उक्त लाभांश साधारण सभाबाट स्वीकृत भएपछि सम्बन्धित शेयरधनीलाई वितरण गरिनेछ।
सभामा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरणलगायतका प्रतिवेदन पारित गर्ने प्रस्तावसमेत रहेको छ। साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज १३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार असोज १२ गतेसम्म कायम रहेका शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन्।
साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि बैंकका शेयरधनीले चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्। बोनस शेयर वितरणसँगै बैंकको चुक्ता पुँजीसमेत वृद्धि हुनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया