NIMB Header 2
Nepal Life

उरुग्वेलाई केप भर्डेले फेरि चकित बनायो, २–२ को बराबरी

IME LIFE
  • BFIS News
  • 2026 Jun 22 15:44
उरुग्वेलाई केप भर्डेले फेरि चकित बनायो, २–२ को बराबरी
United Ajod

काठमाडौँ, असार ८ गते । फिफा विश्वकपमा दुई पटकको विजेता उरुग्वेलाई नवप्रवेशी टोली केप भर्डेले २–२ गोलको बराबरीमा रोकेको छ ।

 

Nepal Life
NIMB

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सोमबार बिहान भएको खेलमा केप भर्डेले सुरुआती अग्रता लिएको थियो । २१औँ मिनेटमा केभिन पिनाले गोल गर्दै टोलीलाई अघि बढाउनुभयो ।

उरुग्वेले पहिलो हाफको अन्त्यतिर पुनरागमन गर्दै ४४औँ मिनेटमा म्याक्सिमिलियानोको गोलमार्फत बराबरी गर्यो । त्यसपछि इन्जुरी समयमा अगस्टिनले गोल थप्दै उरुग्वेलाई २–१ को अग्रता दिलाउनुभयो ।

तर दोस्रो हाफको ६१औँ मिनेटमा हेलियो भरेलाले केप भर्डेका लागि बराबरी गोल फर्काएपछि खेल २–२ मा सकिएको हो ।

लगातार दोस्रो बराबरीसँगै उरुग्वे र केप भर्डे दुवैले दुई–दुई अङ्क जोडेका छन् । यसअघि केप भर्डेले समूहको पहिलो खेलमा स्पेनलाई पनि बराबरीमा रोकेको थियो ।

समूहको शीर्ष स्थानमा रहेको स्पेनले दुई खेलबाट चार अङ्क बनाएको छ । स्पेनले शनिबार साउदी अरेबियालाई ४–० गोलले पराजित गरेको थियो । साउदी अरेबियाको भने दुई खेलबाट एक अङ्क रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया