हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनबारे सरकार गम्भीर, मन्त्री यादवद्वारा निरीक्षण
- BFIS News
- 2026 May 24 19:52
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव ले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योग को निरीक्षण गरेकी छन् ।
कुनै बेला बन्द हुने र पुनः सञ्चालन हुने अवस्थाबाट गुज्रँदै आएको उक्त सरकारी उद्योगको वास्तविक अवस्था बुझ्न मन्त्री यादवले उद्योग परिसरमै पुगेर व्यवस्थापन तथा कर्मचारीसँग छलफलसमेत गरेकी हुन् ।
छलफलपछि मन्त्री यादवले सरकारी स्वामित्वका उद्योगहरू बन्द हुनु दुःखद भएको भन्दै बन्द रहेका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको बताइन् । उनले हेटौँडा सिमेन्ट उद्योगलाई नियमित सञ्चालन गर्न सकिने सम्भावनाबारे सरकारले गम्भीर अध्ययन गरिरहेको उल्लेख गरिन् ।
उनका अनुसार निजी क्षेत्रका सिमेन्ट उद्योग सञ्चालनमा रहँदा सरकारी उद्योग बन्द हुनु स्वीकार्य विषय होइन । उद्योगको समस्या समाधान गरी छिट्टै नियमित सञ्चालनको वातावरण बनाइने उनले प्रतिबद्धता जनाइन् ।
यसैबीच उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले पुराना र जीर्ण मेसिनरीका कारण उत्पादनमा अवरोध हुँदै आएको जानकारी दिए । उनले कच्चा पदार्थ आपूर्तिमा समस्या, विद्युत् महसुल तथा अन्य बक्यौता तिर्न नसकिएको र कर्मचारीहरूको तलबसमेत करिब ११ महिनादेखि रोकिएको बताए ।
उनका अनुसार उद्योग हाल सीमित उत्पादनमै सञ्चालन हुँदै आएको छ र तत्काल आर्थिक समस्या समाधान गर्न सकिए पुनः नियमित सञ्चालन सम्भव हुने देखिन्छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)





प्रतिक्रिया