अनलाइनबाट कर्मचारी सरुवा सुरु, १,७५० जनाले दिए निवेदन
- BFIS News
- 2026 Jul 26 08:22
काठमाडौं साउन १० । सरकारले कर्मचारी सरुवा प्रक्रियालाई थप पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाउन अनलाइन प्रणालीबाट सरुवा सुरु गरेको छ। प्रणाली लागू भएपछि हालसम्म १ हजार ७५० जना कर्मचारीले सरुवाका लागि अनलाइनमार्फत निवेदन दिएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार अहिले दैनिक औसत ८० भन्दा बढी कर्मचारीले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिइरहेका छन्। हालसम्म करिब २०० जना कर्मचारीको सरुवा भइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव धोलकराज ढकालका अनुसार कर्मचारीले कम्तीमा पाँचवटा कार्यालयको विकल्पसहित निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। रोजेको कार्यालयमा दरबन्दी रिक्त भए प्रणालीले स्वतः सरुवा गर्नेछ।
सरकारले भौतिक रूपमा सरुवाको निवेदन दिने व्यवस्था हटाएर पूर्ण रूपमा अनलाइन प्रणाली लागू गरेको छ। यसले भनसुन, पहुँच र प्रभावका आधारमा हुने सरुवालाई रोक्ने तथा प्रक्रिया थप निष्पक्ष र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
अनलाइन प्रणालीमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारीले निवेदन दिएका छन्। अधिकांश कर्मचारीले भने सुगम क्षेत्रका कार्यालयलाई प्राथमिकतामा राखेको मन्त्रालयको भनाइ छ।
कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक डा. बालचन्द्र मिश्रले सुगम क्षेत्र रोज्नु स्वाभाविक भएको बताउँदै दुर्गम क्षेत्रमा पनि समान अवसर र सुविधा सुनिश्चित गर्न सरकारलाई सुझाव दिएका छन्।
त्यस्तै, पूर्वसचिव पूर्णचन्द्र भट्टराईले कर्मचारी व्यवस्थापन आवश्यकता र अनुभवका आधारमा हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
निजामती सेवा नियमावलीअनुसार कर्मचारीको सरुवा सामान्यतया नयाँ आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौभित्र गर्ने व्यवस्था रहेको छ। साथै, शारीरिक अशक्तता भएका, गर्भवती, सुत्केरी, गम्भीर बिरामी तथा विशेष परिस्थितिमा रहेका कर्मचारीलाई सरुवामा विशेष सहुलियत दिइने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)








.jpeg)

.jpeg)

प्रतिक्रिया