उपकार लघुवित्तको साधारणसभा सम्पन्न, हकप्रद सेयर जारी गर्ने निर्णय
- BFIS News
- 2026 May 24 19:54
काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड को सातौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय कोहलपुरको आयोजनामा काठमाडौँस्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न सभामा वित्तीय विवरण स्वीकृत गर्नुका साथै हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको छ ।
सभामा संस्थाकी अध्यक्ष शान्ति देवी ढकाल को अध्यक्षतामा पूँजी वृद्धि तथा विस्तारका लागि हकप्रद सेयर जारी गर्न सम्बन्धित नियामक निकायमा आवेदन दिने निर्णय गरिएको हो ।
कार्यक्रममा संस्थाकी मातृ संस्था महिला मञ्चकी अध्यक्ष चन्द्रकला न्यौपाने ले उपकार लघुवित्तको हालसम्मको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिइन् ।
त्यसैगरी, सर्वसाधारण सेयरधनी डिल्लेश्वर कार्कीले लघुवित्त संस्थाहरूले विभिन्न चुनौती सामना गरिरहेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि कर्मचारीहरूको योगदानको मूल्यांकन हुनुपर्ने धारणा राखे ।
सभामा अध्यक्ष ढकालले संस्थाको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै वित्तीय अवस्था, उपलब्धि तथा आगामी योजनाबारे जानकारी दिइन् । उनले संस्थालाई अझ सुदृढ, पारदर्शी र सेवामुखी बनाउने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया