NIMB Header 2
Nepal Life

प्राइम बैंकले असार १६ देखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

IME LIFE
  • BFIS News
  • 2026 Jun 22 16:14
प्राइम बैंकले असार १६ देखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने
United Ajod

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गर्न लागेको हो ।

 

Nepal Life
NIMB

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्रमार्फत ३ अर्ब रुपैयाँ बराबरको रकम उठाउन लागेको छ ।

कुल निष्काशनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि खुला गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षण गरिएको छ ।

उक्त ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको निष्काशन अवधि छिटोमा असार १९ गते र ढिलोमा असार ३० गतेसम्म रहने बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया