NIMB Header 2
Nepal Life

युनाइटेड अजोड इन्स्योरेन्सद्वारा ४.२८ प्रतिशत बोनस सेयर प्रस्ताव

IME LIFE
  • BFIS News
  • 2026 Jun 19 09:58
युनाइटेड अजोड इन्स्योरेन्सद्वारा ४.२८ प्रतिशत बोनस सेयर प्रस्ताव
United Ajod

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Nepal Life
NIMB

कम्पनीको सञ्चालक समितिले बोनस सेयर तथा कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

असार ४ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ४.२८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ। बोनस सेयरमा लाग्ने कर तिर्नका लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरिएको छ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ। साधारणसभाबाट अनुमोदन भएपछि मात्रै उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया