NIMB Header 2
Nepal Life

इजिप्टको शानदार जित, न्युजिल्यान्ड पराजित; समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो

IME LIFE
  • BFIS News
  • 2026 Jun 22 16:46
इजिप्टको शानदार जित, न्युजिल्यान्ड पराजित; समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो
United Ajod

काठमाडौँ, असार ८ गते । न्युजिल्यान्डलाई पराजित गर्दै इजिप्ट फिफा विश्वकपको समूह ‘जी’ को शीर्षस्थानमा उक्लिएको छ ।

 

Nepal Life
NIMB

क्यानडामा सोमबार बिहान भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ गोल अन्तरले हराएको हो । इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एक–एक गोल गर्नुभयो । इजिप्टले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलमा सुरुवाती अग्रता भने न्युजिल्यान्डले लिएको थियो । १५औँ मिनेटमा फिन सरम्यानले गोल गर्दै न्युजिल्यान्डलाई अघि बढाउनुभएको थियो । तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै इजिप्टले लगातार तीन गोल गर्दै जित हात पार्‍यो ।

जितसँगै इजिप्टले दुई खेलबाट चार अङ्क जोडेको छ । यससँगै इजिप्टको नकआउट चरण पुग्ने सम्भावना बलियो बनेको छ ।

यही समूहअन्तर्गत भएको अर्को खेलमा बेल्जियम र इरानले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । लगातार दुई खेलमा बराबरी खेलेका दुवै टोलीको समान दुई–दुई अङ्क छ ।

एक बराबरी र एक हार व्यहोरेको न्युजिल्यान्ड भने एक अङ्कसहित समूहको चौथो स्थानमा रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया