NIMB Header 2
Nepal Life

रविको सभापति उम्मेदवारीमा बालेन प्रस्तावक, सँगसँगै गए मनोनयन दर्ता गर्न

IME LIFE
  • BFIS News
  • 2026 Jun 23 21:14
रविको सभापति उम्मेदवारीमा बालेन प्रस्तावक, सँगसँगै गए मनोनयन दर्ता गर्न
United Ajod

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत सभापति तथा केन्द्रीय सदस्य पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। पहिलो चरणअन्तर्गत सभापति पदको उम्मेदवारीका लागि मनोनयन फारम वितरण तथा दर्ता कार्य सुरु गरिएको हो।

Nepal Life
NIMB

पार्टीका सभापति रवि लामिछाने पुनः सभापति पदका लागि उम्मेदवारी दिने तयारीमा छन्। उनको उम्मेदवारीका प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह रहेका छन्।

निर्वाचन कार्यतालिका अनुसार सभापति पदका उम्मेदवारले एक जना प्रस्तावक र ५१ जना समर्थक जुटाउनुपर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार लामिछानेले उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाएका हुन्।

महाधिवेशन स्थलमा रहेको निर्वाचन आयोगको सचिवालयमा लामिछाने र शाह सँगसँगै पुगेर सभापति पदको मनोनयन दर्ता गराएका थिए। मनोनयन दर्तापछि लामिछाने शाहसँगै बाहिर निस्किएर महाधिवेशन प्रतिनिधि तथा नेता–कार्यकर्तालाई अभिवादन गरेका थिए।

नयाँ निर्वाचन तालिका अनुसार साँझ ७ बजेदेखि साढे ७ बजेसम्म सभापति पदको मनोनयन फारम वितरण तथा दर्ताको समय निर्धारण गरिएको छ।

यता, पार्टीमा शाहका लागि सिर्जना गरिएको वरिष्ठ नेता पदमा भने निर्वाचन नहुने भएको छ। उक्त पदमा प्रतिस्पर्धा नहुने भएकाले निर्वाचन प्रक्रिया लागू नहुने जनाइएको छ।

रास्वपाको पहिलो महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले महाधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया