Nepal Life

स्वाभिमान लघुवित्तले लाभांश प्रस्ताव फिर्ता लियो, शेयरधनीलाई लाभांश नदिने निर्णय

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 25 11:15
स्वाभिमान लघुवित्तले लाभांश प्रस्ताव फिर्ता लियो, शेयरधनीलाई लाभांश नदिने निर्णय

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरिएको लाभांश संशोधन गर्दै अब कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

Nepal Life
NIMB

लघुवित्तको जेठ ८ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरिएको लाभांश योजना परिमार्जन गर्दै लाभांश नदिने निर्णय गरेको जनाएको छ। यसअघि फागुन १५ गतेको सञ्चालक समिति बैठकले ९.५ प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांशसहित कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको थियो।

संस्थाका अनुसार वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामकीय व्यवस्था तथा वित्तीय सूचकहरूमा आवश्यक समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएपछि पूर्व प्रस्तावित लाभांश कायम राख्न नसकिने स्थिति बनेको हो। कानुनी तथा प्राविधिक कारणले लाभांश वितरण प्रस्ताव संशोधन गर्नुपरेको संस्थाले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया