Nepal Life

सिटिजन लाइफले कसरी जुटाउदै छ ५ अर्ब पूँजी ? आकर्षक लाभांश दिने सुनिश्चिततामा समेत शेयर मूल्य बढ्न सकेन

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 15:00
सिटिजन लाइफले कसरी जुटाउदै छ ५ अर्ब पूँजी ? आकर्षक लाभांश दिने सुनिश्चिततामा समेत शेयर मूल्य बढ्न सकेन
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफले हकप्रद निष्काशन नगरी नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउदैछ । प्राथमिक शेयर निष्काशन पश्चात हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

NIMB

प्राथमिक शेयर निष्काशन पछि कम्पनीले बजार विस्तारको रणनीति अगाडी बढाइसकेको छ । यहि रणनीति अनुरुप तत्काल एक सय ३० जना भन्दा धेरै नयाँ कर्मचारी नियुक्ती गर्दैछ । पूँजी अनुरुपत लगानीकर्तालाई राम्रो भ्यालु रिटर्न दिनका लागि कम्पनीले बजार विस्तार गर्ने योजना बनाएको हो । बजार विस्तार सँगै कम्पनीले आफ्नो मार्केट शेयर पनि बढ्ने प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको दाबी छ ।  

प्राथमिक शेयर निष्काशन पछि कम्पनीलाई ५ अर्ब जुटाउन अझै एक अर्ब २५ करोड रुपैयाँ आवश्यक छ । प्रिमियममा शेयर निष्काशन गरेकाले सिटिजन लाइफको प्रिमियम खातामा एक अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउनका लागि विद्यमान सञ्चित कोष र प्रिमियम खातामा रहेको दुबै रकमलाई प्रयोग गर्ने प्रमुख कार्यकारी अधिकृत पौडेल बताउछन् ।

आगामी दिनमा कम्पनीले आफ्नो बजार हिस्सा बढाउनुका साथै शेयर लगानीकर्तालाई उचित मुनाफा प्रसादन गर्ने र सम्पुर्ण स्टेक होल्डरहरुलाई भ्यालु रिटर्न दिने गरी कम्पनी अगाडी बढिरहेको छ ।

कम्पनीले आफु सँग भएको लगानीयोग्य रकमलाई प्राधिकरणले तोकेका क्षेत्र मध्ये पनि अझ धेरै प्रतिफल दिने र सुरक्षित क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । आजकै दिनमा पनि कम्पनीले अधिकतम व्याजदर आउने क्षेत्रमा मात्रै लगानी गरिरहेको छ । बढि भन्दा बढि प्रतिफल लिने गरी काम गरिरहेको सिटिजन लाइफले आगामी दिनमा अझ धेरै प्रतिफल प्राप्त गर्ने गरी काम गरिरहेको छ ।

अन्य मुलुकको तुलनामा नेपालमा सम्पत्ती र दायित्व विचमा मिसम्याच छ । यसका बाबजुद पनि कम्पनीले सम्पत्तीको क्वालिटीमा विशेष ध्यान दिदै आएको छ । अधिकाम्स लगानी बाणिज्य बैंकहरु र केहि लगानी विकास बैंक तथा ग वर्गका फाइनान्समा रहेको छ । सुरक्षित लगानी त्यसमा पनि अधिकतम प्रतिफल दिने क्षेत्रमा केन्द्रित रहेको प्रमुख कार्यकारी अधिकृत पौडेल बताउछन् । कम्पनीले तत्काल मर्जरका लागि कुनै पनि योजना बनाएको छैन ।

कम्पनीको जगेडा कोषमा एक अर्ब ४० करोड रुपैयाँ भन्दा धेरै रकम रहेको छ । प्रिमियम खातामा एक अर्ब ५५ करोड रुपैयाँ छ । यि दुबै कोषलाई जोड्दा २ अर्ब ९५ करोड हुन जान्छ । जवकी कम्पनीलाई एक अर्ब २५ करोड भए पुग्छ । विद्यमान शेयरधनीले पहिलो वर्षमै ३३ प्रतिशत भन्दा धेरै लाभांश पाउन निश्चित छ ।

आकर्षक लाभांश दिने अवस्थामा पनि दोस्रो बजारमा भने कम्पनीको शेयर मूल्यमा खासै आकर्षण देखिदैन । शेयर बजार नै लगातार ओरालो झरेकाले पनि कम्पनीको शेयर मूल्यमा ठुलो सुधार हुन सकेको छैन ।

कम्पनीले प्रिमियममा शेयर निष्काशन गरेकाले लाभकरको विषयमा भने अन्योलता छ । आय कर ऐन अनुसार कम्पनीले प्रिमियमबाट आर्जन गरेको रकमबाट २५ प्रतिशत कर भुक्तानी गर्नु पर्नेछ । यद्यपी सर्वोच्च अदालतमा १६ वटा बैंकले यसको विरुद्धमा रिट हालेका छन् । रिटको अझै पनि किनारा लाग्न सकेको छैन । यो रिटको फैसलाले कस्तो निर्णय गर्छ हेर्न बाँकी छ । यदि आर्थिक ऐन २०८० भन्दा अगाडीको अवस्थालाई मात्रै केन्द्रित गरेर कर सम्बन्धी विवादका विषयमा किनारा लगायो भने पनि कम्पनीले कर तिर्नु पर्छ । होइन यस्तो शिर्षकमा सरकारले कर नै लिन पाउदैन भन्ने फैसला भयो भने मात्रै सिटिजन लाइफ लगायत पछिल्लो समय प्रिमियममा शेयर निष्काशन गरेका कम्पनीहरु बच्नेछन् । त्यसैले पनि कम्पनीको शेयर मूल्य जुन हिसावले बढ्नु पर्ने थियो त्यस हिसावले बढ्न सकेको छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया