NIMB Header 2
Nepal Life

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकमसमेत घट्यो

IME LIFE
  • BFIS News
  • 2026 Apr 30 17:01
नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकमसमेत घट्यो
United Ajod

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावटको क्रम कायम रहँदा नेप्से परिसूचक लगातार तेस्रो दिन घटेर बन्द भएको छ।

Nepal Life
NIMB

सूचकसँगै कारोबार रकममा पनि सामान्य कमी आएको देखिएको छ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.७३ अंकले घट्दै २७३८.७२ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ०.०७ अंक, फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेका छन्।

कारोबार रकमतर्फ पनि गिरावट देखिएको छ। अघिल्लो दिन ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३४६ कम्पनीका ८० हजार ४२७ पटकका कारोबारमार्फत ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँभन्दा बढीको १ करोड ९ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ।

यस दिन श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको सेयरमूल्य सबैभन्दा बढी १२.५७ प्रतिशतले बढेको छ। त्यसैगरी शिखर पावर डेभलपमेन्ट र एशियन हाइड्रोपावरका सेयरमूल्य करिब ८ प्रतिशतले उकालो लागेका छन्। अन्य कम्पनीहरूको मूल्यवृद्धि भने ५ प्रतिशतभन्दा कम रहेको छ। विपरीततर्फ, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १०.३८ प्रतिशतले घटेको छ, जुन दिनकै उच्च गिरावट हो।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स अग्रस्थानमा रहेको छ, जसको २६ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनीको करिब २२ करोड रुपैयाँ र नेशनल हाइड्रोपावर कम्पनीको १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

उपसमूहतर्फ १३ मध्ये दुई उपसमूहमा मात्र वृद्धि देखिएको छ भने बाँकी ११ उपसमूह घटेका छन्। बैंकिङ्ग र उत्पादन तथा प्रशोधन समूह सामान्य रूपमा बढ्दा अन्य उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम सीमित रहेको छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया