Nepal Life

नेशनल हाइड्रोपावरको २९औँ साधारणसभा असार ३१ गते, ७ सञ्चालकको निर्वाचन हुँदै

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 18 13:04
नेशनल हाइड्रोपावरको २९औँ साधारणसभा असार ३१ गते, ७ सञ्चालकको निर्वाचन हुँदै

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारणसभा आगामी असार ३१ गते आयोजना गर्ने भएको छ।

 

Nepal Life
NIMB

कम्पनीका अनुसार साधारणसभा काठमाडौंको कालिकास्थानस्थित अमृत भोग क्याटरिङमा बिहान ११ बजे बस्नेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

त्यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभाले सञ्चालक समितिमा एक जना महिला सहित ७ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत अनुमोदन गर्ने कम्पनीले जनाएको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ। त्यसअनुसार असार १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया