Nepal Life

खिम्ती घ्वाङ् साना जलविद्युत आयोजनामा एनएमबी बैंकको एक अर्ब २४ करोड ऋण लगानी

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 28 16:47
खिम्ती घ्वाङ् साना जलविद्युत आयोजनामा एनएमबी बैंकको  एक अर्ब २४ करोड ऋण लगानी

काठमाडौं, साउन १२ – दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् साना जलविद्युत आयोजनाका लागि एनएमबी बैंकले रु. १ अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ। आयोजनाको प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच सोमबार ऋण लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

Nepal Life
NIMB

सम्झौतामा एनएमबी बैंकका तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल तथा वन्डर्स इनर्जी प्रालिका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्।

कम्पनीका अनुसार आयोजना दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ हुँदै बग्ने खिम्ती–घ्वाङ् खोलामा निर्माण भइरहेको छ। आयोजनालाई २०८४ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति गत वैशाख १५ गते मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको कम्पनीले जनाएको छ। साथै आयोजनाका लागि आवश्यक सम्पूर्ण निजी जग्गा खरिद, निर्माण प्रयोजनका लागि विद्युत् जडान, पहुँचमार्ग, गोदाम तथा आवासगृह निर्माण सम्पन्न भइसकेको छ।

कम्पनीका अनुसार सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल निर्माणसम्बन्धी ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको छ भने हालसम्म आयोजनाको करिब ३० प्रतिशत भौतिक प्रगति हासिल भएको छ।

आयोजनाको कुल लागत करिब रु. १ अर्ब ८० करोड रहने अनुमान गरिएको छ। यसमध्ये रु. १ अर्ब २४ करोड एनएमबी बैंकबाट ऋणका रूपमा जुटाइनेछ। बाँकी रु. ५६ करोडमध्ये रु. ३५ करोड बराबरको स्वपुँजी (इक्विटी) व्यवस्थापन भइसकेको र बाँकी रकम निकट भविष्यमा जुटाउने प्रक्रिया अघि बढाइएको प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए।

उनका अनुसार गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुन लागेको यो आयोजना नेपालमा निर्माणाधीन जलविद्युत आयोजनामध्ये ‘हाइड्रो सेलेक्ट टुल्स’को मापदण्डअनुसार सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै विकास गरिने पहिलो आयोजना हुने दाबी गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया