नागरिक लगानी कोष र सपोर्ट माइक्रोफाइनान्सका बोनस सेयर नेप्सेमा सूचीकृत
- BFIS News
- 2026 May 06 14:48
काठमाडौं। नागरिक लगानी कोष र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले वितरण गरेको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्।
नेप्सेका अनुसार नागरिक लगानी कोषको ५ प्रतिशत बोनस सेयरअन्तर्गत कुल ३२ लाख ४० हजार ८५६ कित्ता सेयर बुधबार सूचीकृत गरिएको हो। कोषले उक्त बोनस सेयर पछिल्लो साधारण सभाबाट पारित निर्णयअनुसार आफ्ना सेयरधनीहरूलाई वितरण गरेको थियो।
यसैगरी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ लाख १६ हजार ३२१ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ।
सूचीकृत भएपछि दुवै कम्पनीका बोनस सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन्। डिम्याट खातामा सेयर जम्मा भएपछि लगानीकर्ताले ती सेयर खरिद–बिक्री गर्न सक्ने व्यवस्था रहेको नेप्सेले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया