Nepal Life

शेयर बजारमा डाउनफल : एक महिनामा १५५ अंकले घट्यो, कहिलेदेखि बढ्न सुरु गर्ला ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Thu 15:14
शेयर बजारमा डाउनफल : एक महिनामा १५५ अंकले घट्यो, कहिलेदेखि बढ्न सुरु गर्ला ?
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकदेखि लिएर खस्किदो अर्थतन्त्रका कारण विगत एक महिनादेखि शेयर बजारमा डाउनफल देख्न सकिन्छ । एक महिनाको अवधिमा नेप्से सूचक १५५ अंक भन्दा धेरैले घटेको छ ।

NIMB

खस्कदो शेयर बजारमा लगानीकर्ताको आशा नेपाल राष्ट्र बैंक प्रति थियो । राष्ट्र बैंकले शेयरधितो कर्जाको सिमा हटाउने र लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा गरिएको थियो । तर राष्ट्र बैंकले १२ करोडको सिमालाई केहि बढाएर व्यक्तिगत तर्फ १५ करोड र संस्थागत तर्फ २० करोडको क्याप लगायो ।

राष्ट्र बैंकको औजारले काम नगरे पछि अन्तत शेयर बजार पहिलो त्रैमाशिक अवधिको व्याज र किस्ता जोहोको चापमा फस्यो । लगानीकर्ताहरुले पहिलो त्रैमाशिक अवधिको व्याज र किस्ताका लागि शेयर बिक्री गरे । अर्को तर्फ नजिकएको दशैका लागि पनि लगानीकर्ताको शेयर बिक्री गरेका छन् ।

पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जाको सिमा हटाउने अनि शेयर बजार उकालो लाग्ने भन्दै शेयर खरिद गरेका लगानीकर्ता पेनिक भएका छन् । तिनै लगानीकर्ताको पेनिक सेलले बजारलाई घटाउन सपोर्ट गर्यो । पछिल्लो गिरावटमा इजराइलको युद्ध पनि एक प्रमुख कारण हो । यस युद्धले पेट्रोलियम पदार्थको भाउ आकासिएको छ । यस सँगै महंगी थप बढ्नेछ । यसको असर अर्थतन्त्रमा पर्ने अनुमानले पनि बजार घटेको हो ।

अवका दिनमा के होला ?

कतिपय बजार विश्लेषकहरुले आजसम्म बजार जति घट्छ घट्छ त्यस पछि बढ्न सुरु हुने विश्लेषण गरेका छन् । उनिहरुका अनुसार असोज महिनाको अन्तिम दुइ दिनमा शेयर बिक्री गरेर पहिलो त्रैमाशिक अवधिको व्याज र किस्ता जोहो गर्न सकिदैन । आगामी आइतबार घटस्थापना परेकाले सार्वजनिक विदा छ । त्यसैले अव यस महिनाका लागि सोमबार र मंगलबार मात्रै कारोबार खुला हुनेछ ।

नेपाल राष्ट्र बैंकले प्रोभिजनिङमा गरेको खुकुलो व्यवस्थाले यस त्रैमाशिक अवधिमा बैंकहरुको मुनाफा बढ्ने अपेक्षा गरिएको छ । अर्को तर्फ व्यवसायीहरुले दशै तिहारका लागि ठुलो परिणाममा विदेशबाट सामान आयात गरेर बसेका छन् । उनिहरुको हात अहिलेको अवस्थामा खालि छ । दशै सुरु हुने वित्तीकै विस्तारै व्यवसायीले सर्वसाधारणको निक्षेप आफ्नो हातमा तान्न सुरु गर्नेछन् ।

कार्तिक पहिलो साता व्यवसायीहरुले एकलट आफ्नो लिक्वीटी बजारमा प्रयोग गर्न सक्ने छन् । जसले गर्दा पछिल्लो एक महिनाको अवधिमा घटेको १५५ को गिरावटलाई मात्रै करेक्सन गर्न सक्यो भने बजारमा राम्रो मुभमेन्टम आउन सक्ने विश्लेषण गरिएको छ ।

पछिल्लो समयको १८ सयदेखि २२ सय विचको कारोबारकै विश्लेषण गर्ने हो भने पनि अव बजारमा सुधार पक्कै पनि देखिन्छ । त्यसैले आजको कारोबार नै यस अवधिको तल्लो विन्दु हुन सक्ने विश्लेषकहरु बताउछन् । कर्मचारीहरुले ठुलो रकम बोनसको रुपमा प्राप्त गर्दैछन् । तलब र बोनसबाट प्राप्त भएको केहि रकम बजारमा आयो भने पनि अर्को मुभमेन्टम ल्याउन मद्दत गर्नेछ ।

यस साताको अन्तिम दिन नेप्से सूचक २०.१६ अंकले घटेको छ । सूचकमा गिरावट देखिए पनि एक अर्ब ७० करोडको कारोबार भएको छ । यसले पनि के संकेत गर्छ भने लगानीकर्ताले आजदेखि लगानी गर्न सुरु गरिसकेका छन् । आज गरिएको लगानीको प्रतिफल पाउन उनिहरुले धेरै समय कुर्नु पर्ने छैन । आज २३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा २१० वटा कम्पनीको शेयर मूल्य घटेको छ ।   

अवका दिनमा लगानीकर्तालाई ठुलो झट्का सर्वोच्च अदालतको फैसलाले दिनेछ । यदि सर्वोच्चले बैंक वित्तीय संस्थाले हालेको रिटको पक्षमा फैसला सुनायो भने बजारले अर्को गति लिनेछ । तर सरकारको पक्षमा फैसाल सुनायो भने पुनः शेयर बजारमा ठुलो गिरावट आउनेछ । यो बाहेक अवको दिनमा बजारलाई पेनिक बनाउने अर्को ठुलो कारण छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया