Nepal Life

नेपाल लाइफबाट नयाँ जीवन पाएकी गिता कार्कीको सफलता, सिन्धुलीबाटै चार वर्षदेखि एमडिआरटी बन्न सफल

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Thu 18:02
नेपाल लाइफबाट नयाँ जीवन पाएकी गिता कार्कीको सफलता, सिन्धुलीबाटै चार वर्षदेखि एमडिआरटी बन्न सफल
Sanima Reliance

काठमाडौं । हरेक मानिसको जीवनमा दुःख पिडा हुन्छन् । जसले दुःखलाई शक्तिमा परिणित गर्न सक्छ उसैले जीवनमा सफलता हासिल गर्छ । सिन्धुलीकी गिता कार्की काफ्लेले केरा खेतीका क्रममा जग्गाधनीले दिएको धोका पछि बेहोर्नु परेको आर्थिक संकटलाई पार लगाउन गर्नु परेको संघर्षले आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लगातार चार वर्षदेखि एमडिआरटीमा पर्न सफल भएकी छिन् ।

 

NIMB

आधुनिक कृषि खेती गरेर उदाहरणीय काम गर्ने सोचका साथले उनले २०७६ सालमा डेढ विगाहा जग्गामा केरा खेति सुरु गरिन् । बैंकबाट १५ लाख रुपैयाँ सहुलियत व्याजदरमा कृषि कर्जा लिएर काम सुरु गरिन् । उनको यस्तो कामलाई लिएर विविसी नेपाली सेवाले समेत कभरेज गरेको थियो । जव केरा खेतीबाट आम्दानी हुने वेला हुँदै थियो जग्गाधनीले गिद्दे नजर लगाए । विस्वासमा काम सुरु गरेकी गिताको एकमात्रै कमजोरी उनि जग्गा भाडामा लिदा सम्झौता गर्न चुकिन् । अन्तत जग्गाधनीले उनलाई हटाइदिए ।

यस सँगै उनको जीवनमा ठुलो संकट आइलाग्यो । लगभग उनि डिप्रेसनकै अवस्थामा पुगिन् । यस्तो विषम परिस्थितिमा उनले होस नगुमाइ नेपाल लाइफको अभिकर्ता पेशालाई निरन्तरता दिइन् । केरा खेति भन्दा अगाडीदेखिनै अभिकर्ता पेशामा थिइन् तर खासै प्राथमिकता दिएर काम गरिरहेकी थिइनन् । जव उनि चरम आर्थिक संकटमा परिन् त्यस पछि उनले अभिकर्तालाई सहारा बनाइन् ।

अन्तत यहि सहाराले उनको जीवनमा ठुलो परिवर्तन ल्यायो । यहि दुखलाई शक्तिमा बदलेकी गिता विगत चार वर्षदेखि एमडिआरटी बन्न सफल भएकी छिन् । आफ्नो विषम परिस्थितिमा नेपाल लाइफको अभिकर्ता पेशालाई साथ लिएर आफ्ना सम्पुर्ण कर्जाहरु भुक्तानी गरिन् । हिजोको त्यो विषम परिस्थितिमा नेपाल लाइफले जीवन प्रदान गरेको भन्दै उनले आफ्नो हातमा नेपाल लाइफको लोगो अंकित ट्याटु खोपाएकी छिन् ।

नेपाल लाइफको लोगो अंकित ट्याटु  खोपाउने आफु पहिलो महिला भएको उनको दाबी छ । हिजोको त्यस्तो समयमा जति वेला आफ्नो बच्चालाई के खुवाउने कसरी ऋणको व्याज र किस्ता तिर्ने भन्ने जटिल अवस्थामा नेपाल लाइफले दिएको साथलाई उनि भुल्न सक्दिनन् । उनि भन्छिन् ‘आफु मर्दा पनि नेपाल लाइफलाई सँग सँगै लिएर जान पाउ भनेर आफ्नो हातमा लोगो खोपाएकी हुँ ।’

आजको दिनमा जति पनि उनले उपलब्धी हासिल गरेकी छिन् त्यो सबै नेपाल लाइफको देन भएको उनि बताउछिन् । उनले भनिन्, आजका दिनमा म सँग नाम पैसा इज्जत सबै छ । त्यो सबै नेपाल लाइफकै कारणले हो । उनलाई धेरैले किन कम्पनीको लोगोको ट्याटु खोपेको भन्दै प्रश्न गर्ने गर्छन् । सबै प्रश्नलाई उनि एउटै जवाफ दिन्छिन् ‘एकदमै दुख परेको समयमा साहारा दिएको हुँनाले ट्याटु खोपाएको हुँ ।’

कार्कीको वास्तविक घर सर्लाही हो । तर श्रीमानको जागिरका क्रममा उनले आफ्नो कर्मथलो भने सिन्धुलीलाई बनाइन् । नेपाल लाइफकी बरिष्ठ एजेन्सी म्यानेजर गिता कार्की काफ्लेको क्षेत्रमा प्रवेशको कहानी अनौठौ छ । श्रीमान सरकारी जागिरमा भएका कारण उनलाई पनि जागिर खाने ठुलो धोको थियो । यसै सिलसिलामा उनले एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यालय सहयोगीको पदमा जागिर खान चिनजानको दाइलाई आफ्नो कागजपत्र समेत बुझाएकी थिइन् । तर उक्त दाइले तत्काल जागिरमा छिराउन नसके पछि भर्खर आएको जीवन बीमा कम्पनीको अभिकर्ता बनाइदिए ।

उनले दुई वटा पोलिसी पनि बिक्री गरिन् । तर उनलाई यतिवेलासम्म जीवन बीमाको बारेमा खासै ज्ञान थिएन । बीमाको बारेमा बुझ्दै जादा नयाँ बीमा कम्पनीको पोलिसीको बोनसदर हुँदैन रहेछ भन्ने थाहा पाइन् । यसरी बोनसदर नै नभएको कम्पनीमा बीमा गराउन धेरै गाह्रो हुन्छ बरु नेपालकै सबैभन्दा ठुलो जीवन बीमा कम्पनी नेपाल लाइफको अभिकर्ता भएर काम गर्यो भने धेरै राम्रो हुन्छ भन्ने थाहा पाइन् ।

त्यस पछि उनले २०७३ सालमा नेपाल लाइफको अभिकर्ता लाइसेन्स लिइन् । लाइसेन्स पाए पछि नेपाल लाइफले दिएको तालिममा भाग लिने क्रममा अभिकर्ता पेशा एकदमै राम्रो र सफल पेशा रहेछ भन्ने थाहा पाइन् । त्यतिवेला उनले जीवन बीमा अभिकर्ता पेशामा सफल व्यक्तित्वको उदाहरण दिदा जीवन केसीको भिडियो हेरेको उनमा अझै ताजै छ ।

सरकारलाई १५ प्रतिशत कर बुझाएर घर गाडी जोड्न सकिने एक सम्मानित पेशाको रुपमा उनले बुझिन् । यसले उनको जीवनलाई नै नयाँ मोड दियो । नेपाल लाइफमा पुर्णकालिन अभिकर्ता पेशा गर्नु अगाडी उनि सहकारीमा काम गर्थिन् । सहकारीले उनलाई सिन्धुली बजारमा राम्रो पहिचाहन बनाइसकेको थियो । यसले गर्दा उनलाई बीमाको लागि प्रस्ताव गर्न धेरै सजिलो भयो ।

सुरुवाती दिनमा उनले चिनेजानेकालाई आफुले व्यक्तिगत कारणले सहकारीको जागिर छाडेको भन्दै जानकारी दिने क्रममै आफुले नेपाल लाइफमा अभिकर्ताको काम गरिरहेको हुँदा थोरै रुपैयाँको भए पनि जीवन बीमा पोलिसी खरिद गरिदिन अनुरोध गरिन् । थोपा थोपा मिलेर समुन्द्र बन्छ भने झै उनले साना साना बीमाङ्कको बीमा पोलिसी बिक्री गर्न सुरु गरिन् ।

सुरु सुरुमा जीवन बीमा गर्दा दोब्बर हुन्छ भन्दै बुझाएको अझै पनि उनको मन मस्तिकमा ताजै छ । बीमितहरुले नै उनलाई यसो नभन्नुहोस जीवन बीमा गर्दा बीमितले बुझाएको बीमाङ्क रकम र त्यसले पाउने बोनस जोडेर मात्रै दाबी पाउन सकिन्छ भन्ने कुरा बुझे पछि उनले आजसम्म कसैलाई पनि बीमा गर्नुहोस् तपाईले दोब्बर रकम पाउनुहुन्छ भनेकी छैनन् । उनले बीमाको बारेमा बीमितबाटै धेरै कुराहरु थाहा पाउने अवसर पाइन्छ । यसले उनलाई बीमाको बारेमा अझै बुझ्न मद्दत गर्यो । बीमितलाई क्याल्कुटेर नै प्रयोग गरेर तपाईले यसरी बोनस तथा बीमाङ्क रकम पाउनु हुन्छ भनेर बुझाउन थालिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा रहेका साथिहरुबाट पनि धेरे ठुलो साथ पाइन् । गिता कार्कीले सामाजिक सञ्जालबाटै सयौ पोलिसी बिक्री गरेकी छिन् । पहिला पहिला मेरो लागि भए पनि बीमा गरिदिनु पर्यो भन्दै बीमितको घर घर पुग्ने गिता अहिले बीमाको बारेमा राम्रो सँग बुझाएर यसका फाइदा बेफाइदाको बारेमा भनेरै बीमा गराउछन खप्पिस भइसकेकी छिन् ।

सुरु सुरुमा बीमाको बारेमा नबुझेर धेरै हण्डर खाएकी गिताले अहिले बीमाको बारेमा धेरै कुराहरु बुझाएर आफुलाई अगाडी बढाउन सफल भएकी छिन् । उनले अहिलेसम्ममा करिव ७ सय भन्दा धेरैलाई बीमा गराइसकेकी छिन् । अहिलेसम्म उनले जारी भएका कुनै पनि पोलिसी परिपक्व भइसकेको छैनन् । सुरु सुरुमा बिक्री गरेका केहि पोलिसी अवको ३/४ वर्षमा परिपक्व हुँदैछ ।

नेपाल लाइफले एमडिआरटीको अवधारणा ल्याएदेखि नै एमडिआरटीका लागि छनोट हुँदै आएकी छिन् । उनले यस वर्ष सहित चार पटक एमडिआरटी बन्ने अवसर पाउदै छिन् । सन् २०२४ का लागि पनि एमडिआरटीको लक्ष्य पुरा गरिसकिन् । प्राप्त तथ्याङ्क अनुसार सन् २०२४ का लागि सिन्धुली जिल्लाबाटै उनि पहिलो एमडिआरटी बन्न सफल भएकी छिन् ।  

चरम आर्थिक संकटको समयमा पनि एमडिआरटी बन्नु सानो उपलब्धी होइन त्यसमा पनि ग्रामिण क्षेत्रमा बसेर । यो उपलब्धी हासिल हुनुमा उनको योगदान पनि कम छैन । उनि विहान ७ बजेदेखि साझँ ७ बजेसम्म अभिकर्ता पेशाकै लागि समय दिन्छिन् । अरु सबै आर्थिक स्थिति कमजोर भयो भनेर बसिरहदा उनि अझै पनि फिल्डमै खटिरहेकी छिन् ।

आफ्नो घरको काम तथा छोरीहरुलाई समय दिएर बाँकी समय अभिकर्ताकै लागि विताउछिन् । एउटा चरणमा उपलब्धी हासिल गरिसके पछि कतिपय अभिकर्ताहरुले साना साना बीमा पोलिसीमा खासै ध्यान दिदैनन् । तर उनि जति सुकै साना साना पोलिसीलाई पनि उत्तीकै ध्यान दिन्छिन् । यसैले उनलाई अहिलेसम्म जीवन बीमा क्षेत्रमा टिकाइरहेको छ । उनि भन्छन्, अहिलेको आर्थिक संकटको समयमा ठुला ठुला बीमा गर्नेहरुलाई मात्रै असर गरेको छ । तर म जस्तो साना साना बीमा पोलिसीमा केन्द्रित हुनेहरुका लागि खासै ठुलो असर गरेको छैन ।

उनको अधिकाम्स पोलिसी ५ लाखदेखि २० लाखसम्मको छ । यसले गर्दा एउटा सामान्य परिवारका मानिसले वर्षमा एक लाख रुपैयाँ भएपनि बचत गरिरहेका छन् । उनि हरेक दिन नयाँ नयाँ व्यक्तिलाई भेट्ने प्रयास गर्छिन् । यसले गर्दा उनका ५० प्रतिशत पोलिसी चिनजान तथा साथिभाइहरु मार्फत हुन्छ भने बाँकी ५० प्रतिशत अपरिचित तथा सर्कल भन्दा बाहिरका व्यक्तिहरुको गर्छिन् । यो नै उनको बिक्री कला हो ।

सुरु सुरुमा यसले कमिशनका लागि काम गरेकी, आफ्नो फाइदाका लागि काम गरिरहेकी छे भन्ने खालेको प्रतिक्रिया आउने गर्थ्यो । यसले गर्दा सुरुवाती वर्षको ६ महिना जति कामै गर्न सकिनन् । पहिलो ६ महिनामै एजेन्सी म्यानेजर भए पछि उनको कुरा काट्नेको संख्या कम थिएन । यसले गर्दा उनलाई काम गर्नै मन लागेन बरु खेती किसानी गर्छु यस्तो काम गर्दिन भन्ने लाग्यो । तर हिजोका दिनमा बीमा पोलिसीका लागि अनुरोध गर्दा बीमा नगरेकाले सम्पर्क गरेर सोधखोज गर्न थाले पछि भने उनलाई हैन यो पेसालाई निरन्तरता दिनु पर्छ भन्ने लाग्यो । अन्तत उनले यो पेसालाई नै रोजिन र आजको दिनमा यस अवस्थासम्ममा आइपुगेकी छिन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया