NIMB Header 2
Nepal Life

एभरेष्ट कलरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशित आईपीओ बाँडफाँड सम्पन्न

IME LIFE
  • BFIS News
  • 2026 May 12 12:25
एभरेष्ट कलरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशित आईपीओ बाँडफाँड सम्पन्न
United Ajod

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार गोलाप्रथामार्फत शेयर बाँडफाँड सम्पन्न गरिएको हो।

Nepal Life
NIMB

कम्पनीले गत वैशाख १६ गतेदेखि २२ गतेसम्म उक्त आईपीओ बिक्री खुला गरेको थियो। सो अवधिमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट कुल ९० हजार ८५५ आवेदन परेकोमा ९० हजार ८२० आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो। बाँडफाँड परिणामअनुसार ७ हजार ९०० जना आवेदकले १०–१० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात खालि भएको छ।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतबराबर ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। सोमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी पनि आवेदन दिन सकिने सुविधा उपलब्ध थियो।

आईपीओ निष्काशनका क्रममा गरिएको रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया