Nepal Life

एलआईसी नेपालको नाफा ३५.७८ प्रतिशतले वृद्धि, ९ महिनामा ३२ करोड खुद आम्दानी

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 13 11:58
एलआईसी नेपालको नाफा ३५.७८ प्रतिशतले वृद्धि, ९ महिनामा ३२ करोड खुद आम्दानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड (एलआईसी नेपाल) ले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ३२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २३ करोड ६० लाख रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको नाफा ३५.७८ प्रतिशतले वृद्धि भएको देखिएको छ।

Nepal Life
NIMB

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ८.२२ प्रतिशतले बढेर १५ अर्ब १० करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन १३ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ थियो।

त्यसैगरी, कम्पनीको जीवन बीमा कोष १०.४४ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा उक्त कोष १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ रहेको थियो। यद्यपि, लगानी तथा कर्जाबाट हुने आम्दानी भने सामान्य घटेर ७ अर्ब २६ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ थियो। त्यस्तै, कुल खर्च पनि बढेर २२ अर्ब १६ करोड २८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो खर्च २१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) ५.७२ रुपैयाँबाट बढेर ७.७७ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १७६.४७ रुपैयाँ कायम रहेको छ। ५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया