Nepal Life

शेयर लगानीकर्ताका लागि मुक्तिनाथ बैंकको नयाँ योजना, बैंक खाता खोल्दा डिम्याट र टिएमएस निःशुल्क

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 16 19:23
शेयर लगानीकर्ताका लागि मुक्तिनाथ बैंकको नयाँ योजना, बैंक खाता खोल्दा डिम्याट र टिएमएस निःशुल्क

काठमाडौं । शेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई लक्षित गर्दै मुक्तिनाथ विकास बैंकले “शेयरधनी बचत खाता” सञ्चालनमा ल्याएको छ। बैंकले “तीनको फाइदा एउटै खातामा” भन्ने अवधारणासहित बैंकिङ, डिम्याट र ब्रोकर सेवाको सुविधा एउटै खाताबाट उपलब्ध गराइरहेको छ।

Nepal Life
NIMB

बैंकका अनुसार यस योजनामार्फत शेयर बजारमा लगानी गर्ने ग्राहकले सम्पूर्ण सुविधा एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्। मुक्तिनाथ क्यापिटलले प्रदान गर्ने सेवाअन्तर्गत पोर्टफेलियो म्यानेजमेन्ट सेवा 'पिएमएस' खाताको वार्षिक सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिएको छ। साथै, मेरो शेयरमा लाग्ने शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

यस खाताका ग्राहकले निःशुल्क डिम्याट खाता खोल्न सक्ने सुविधा पाउनेछन्। न्यूनतम एक सय रुपैयाँ मौज्दातमै खाता खोल्न सकिने व्यवस्था गरिएको छ। बैंकले खातासँगै निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसमा निःशुल्क दर्ता सुविधा समेत उपलब्ध गराएको छ।

यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले ब्रोकर कम्पनीमार्फत निःशुल्क टिएमएस खाता सञ्चालन गर्न सक्नेछन्। विशेषगरी आईपीओ खरिद गर्ने लगानीकर्ताका लागि यो योजना सहज र व्यवहारिक हुने बैंकको विश्वास छ। आईपीओमा परेको शेयर बिक्री गर्दा झन्झट व्यहोर्नुपर्ने अवस्थाबाट पनि यस योजनाले राहत दिएको छ। 

बैंकका अनुसार शेयर बजारमा रुचि राख्ने ग्राहकले अब छुट्टाछुट्टै बैंक खाता, डिम्याट खाता तथा ब्रोकर खाता खोल्नु पर्ने झन्झटबाट मुक्ति पाउनेछन्। एउटै खाताबाट सबै सेवा उपलब्ध हुने भएकाले पटक पटक केवाइसी भर्नु पर्ने बाध्यता समेत हट्ने बैंकले जनाएको छ।

मुक्तिनाथ विकास बैंकले शेयर लगानीलाई अझ सहज, सरल र व्यवस्थित बनाउन “तीनको फाइदा एउटै खातामा” योजना ल्याएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया