बजेट अगाडी शेयर बजार सुधारको लयमा, परिसूचक ३० अंक सँगै कारोबार रकम बढ्यो
- BFIS News
- 2026 May 20 17:44
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । लगातार दुई कारोबार दिन सामान्य गिरावट देखिएको बजारमा यस दिन भने सुधार देखिएको हो । बजेटको पुर्व सन्ध्यामा बजार सुधार हुने संकेत देखिएको छ। अवको केहि समय बजेट प्रतिको आशाबादी मनोविज्ञानले बढाउन मद्दत गर्ने विश्लेषकहरु बताउछन्।
बुधबार नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ३.६८ अंकले उकालो लागेको छ । फ्लोट इण्डेक्स १.९१ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले वृद्धि भएको छ ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार ३ अर्ब ८ करोड रुपैयाँबराबरको कारोबार भएकोमा बुधबार ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर ५२ हजार ३३६ पटक किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ७३ रुपैयाँ २० पैसाले बढेर प्रतिकित्ता ५६१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो ।
त्यस्तै, माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य करिब १२ प्रतिशतले वृद्धि भएको छ भने बुंगल हाइड्रोको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले बढेको छ । यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक १३.२६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । उक्त बैंकको १८ करोड ३५ लाख १३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको करिब १८ करोड रुपैयाँको कारोबार भएको छ भने अपि पावर कम्पनीको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ ।
उपसमूहतर्फ बुधबार कारोबारमा आएका सबै १३ उपसमूहका परिसूचक हरियालीमा बन्द भएका छन् । होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशतले बढेको छ । यस्तै, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, अन्य तथा व्यापार उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)

.jpg)





प्रतिक्रिया