अवैध कन्सल्टेन्सीमाथिको कारबाहीप्रति महासंघको समर्थन
- BFIS News
- 2026 May 21 11:43
काठमाडौं । अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी)माथि सरकारले थालेको कारबाही प्रक्रियालाई नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले स्वागत गरेको छ। महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सरकारी कदमप्रति समर्थन जनाएको हो।
महासंघले नेपाल सरकारबाट आवश्यक स्वीकृति तथा अनुमति नलिई सञ्चालन गरिएका संस्थामाथि भइरहेको अनुगमन, अनुसन्धान र कानुनी कारबाहीलाई प्रचलित कानुनअनुसारको प्रक्रिया भन्दै समर्थन व्यक्त गरेको छ। साथै, यस कदमका लागि सरकारप्रति धन्यवादसमेत ज्ञापन गरेको छ।
विज्ञप्तिमा शैक्षिक परामर्श क्षेत्रलाई स्वच्छ, विश्वसनीय, उत्तरदायी र व्यवस्थित बनाउन सम्बन्धित निकायहरूले चालेका कदम प्रभावकारी हुने उल्लेख गरिएको छ।
पछिल्लो समय सरकारले विभिन्न कन्सल्टेन्सीहरूको अनुगमनलाई तीव्र बनाएको छ। आवश्यक अनुमति बिना सञ्चालनमा रहेका संस्थामाथि सम्बन्धित निकायले कारबाही प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया