नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द, नयाँ आवेदन खुल्ने
- BFIS News
- 2026 May 21 15:21
काठमाडौं । Nepal Insurance Authority को अध्यक्ष पदमा नियुक्तिका लागि सुरु गरिएको पुरानो आवेदन प्रक्रिया रद्द गरिएको छ । अर्थ मन्त्रालयले पुरानो प्रक्रिया खारेज गर्दै नयाँ आवेदन आह्वान गर्ने तयारी गरेको जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिको मिति २०८२ वैशाख १४ गते प्रकाशित सूचनाअनुसार अघि बढाइएको सम्पूर्ण प्रक्रिया रद्द गरिएको हो । सूचनामा उल्लेख भएअनुसार अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया सि.नं. ५ (आ) बमोजिम खारेज गरिएको छ ।
अध्यक्ष पदका लागि यसअघि महेश्वर न्यौपाने, रमेशकुमार भट्टराई, यज्ञप्रसाद न्यौपाने, डा. राजेन्द्र पण्डित, डा. दिपबहादुर भण्डारी, देवकुमार ढकाल, ज्ञानेन्द्र अधिकारी, चिन्तामणि सिवाकोटी, डा. दामोदर बसौला, बुद्धकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, पारस काफ्ले, विक्रान्त पाण्डे र घनश्याम बुढाथोकीलगायतले आवेदन दिएका थिए ।
यसअघि मन्त्रिपरिषद्को वैशाख ८ गतेको निर्णयअनुसार तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिको संयोजकमा डा. गुणाकर भट्ट रहेका छन् भने सदस्यमा घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा फत्त बहादुर केसी रहेका छन् ।

हाल प्राधिकरणको अध्यक्षका रूपमा चन्द्रकला पौडेल कार्यरत छिन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया