Nepal Life

गुणस्तर नपुगेको भन्दै ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न निर्देशन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 29 13:16
गुणस्तर नपुगेको भन्दै ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गुणस्तर मापदण्ड पूरा नभएको भन्दै ‘तेज’ ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

Nepal Life
NIMB

विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा सिद्धार्थ आयल इन्डस्ट्रिज द्वारा उत्पादित उक्त तेल न्यून गुणस्तरको पाइएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गरिएको परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार गुणस्तर कायम नभेटिएपछि सम्बन्धित ब्याचका सम्पूर्ण उत्पादन बजारबाट तत्काल फिर्ता गर्न विभागले निर्देशन दिएको जनाएको छ। साथै उक्त तेलको बिक्री वितरण रोक्न पनि आदेश जारी गरिएको छ।

विभागका अनुसार फिर्ता गर्न भनिएको उत्पादन आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेल हो। उक्त उत्पादनको ब्याच नम्बर २० रहेको छ भने उत्पादन मिति २०८२ फागुन २८ उल्लेख गरिएको छ। यसको उपभोग अवधि ६ महिना तोकिएको विभागले जनाएको छ।

यो तेल रुपन्देहीको गुरबानियास्थित सिद्धार्थ आयल इन्डस्ट्रिज ले उत्पादन गरेको विभागको सूचनामा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया