अर्थमन्त्री वाग्लेले बजेट कागजको फाइलमा संसद प्रवेश, शैलीमा परिवर्तन
- BFIS News
- 2026 May 29 16:24
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस वर्षको बजेट प्रस्तुत गर्न नेपाली कागजबाट बनेको फाइल प्रयोग गर्दै संसद भवन प्रवेश गरेका छन्।
सामान्यतया प्रयोग हुँदै आएको झोला वा ब्रिफकेसको सट्टा उनले यसपटक कागजी फाइलमा बजेट वक्तव्य बोकेका हुन्।
संसदमा प्रवेशका क्रममा उनले नेपाली कागजको प्रयोगमार्फत बजेट प्रस्तुत गरिएको देखिएको हो। यस कदमलाई घरेलु उत्पादनको प्रयोगतर्फ संकेत गर्ने प्रयासका रूपमा व्याख्या गरिएको छ।
यसअघि विभिन्न वर्षमा अर्थमन्त्रीहरूले बजेट वक्तव्य रातो सुटकेसमा वा अल्लोबाट बनेका झोलामा बोकेर संसद प्रवेश गर्ने अभ्यास देखिँदै आएको थियो। यसपटक भने त्यसभन्दा फरक शैली अपनाइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया