Nepal Life

युनिलिभर नेपालले घोषणा गर्यो हालसम्मकै सर्वाधिक लाभांश, १५८० प्रतिशत नगद पाउने

NMB Bank
  • BFIS News
  • 2023 Oct 16 12:28
युनिलिभर नेपालले घोषणा गर्यो हालसम्मकै सर्वाधिक लाभांश, १५८० प्रतिशत नगद पाउने
National Life

काठमाडौं । दोस्रो बजारको सर्वाधिक महंगो शेयर मूल्य भएको युनिलिभर नेपाल लिमिटेडले हालसम्मकै सर्वाधिक धेरै लाभांश घोषणा गरेको छ । 

Shikhar
NIMB

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५८० प्रतिशत लाभांश घोषणा गरेको हो । सुरुवाती अवस्थामा प्रतिकित्ता एक सय रुपैयाँ लगानी गर्नेले एक कित्ता बराबर १५ सय ८० रुपैयाँ नगद लाभांश पाउने छन् । यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो। कम्पनीले सफलतापुर्वक सञ्चालनको ३० वर्ष सम्पन्न गरेको खुशियालीमा सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको बताएको छ।

असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो। लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया