Nepal Life

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपिओ असार २६ गतेदेखि निष्काशन हुने

Global Ime detail Page
  • BFIS News
  • 2023 Jun Thu 08:09
कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपिओ असार २६ गतेदेखि निष्काशन हुने
Sanima Reliance

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताका लागि यहि असार २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि एक लाख १ हजार १५१ कित्ता शेयर बिक्री गर्न थालेको हो ।

NIMB

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

सर्वसाधारण समुहको १० प्रतिशत अर्थात १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण शेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि बिक्री गरेको छ । त्यस्तै सामुहिक लगानीकोषका लागि ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता बाँडफाँट गरिसकेको छ । सर्वसाधारण समुहकै २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । कम्पनीले आयोजना प्रभावित बासिन्दा, वैदेशिक रोजगारमा गएका नेपाली र म्युचुअल फण्डहरुलाई बाँडफाँड गरिसकेको छ ।

लगानीकर्ताले छिटोमा असार २९ गतेसम्म आवेदन दिन सक्ने छन् । उनिहरुले न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले प्रवर्द्धन गरेको ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.३७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.१० वर्ष रहेको छ। आयोजनाले २०७१ जेठ ५ गते विद्युत उत्पादन अनुमति पाएको थियो।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । लगानीकर्ताले मेरो शेयरबाट अनलाइन आवेदन दिन सक्ने छन् । यस बाहेक सि आस्वा सुविधा प्रदान गर्ने बैंक वित्तीय संस्थामा गएर पनि आवदेन दिन सकिनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया