Nepal Life

आईएमई लाइफद्वारा मोतिबिन्दुका १०० बिरामीको निःशुल्क शल्यक्रियाका लागि ६ लाख सहयोग

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 11 13:13
आईएमई लाइफद्वारा मोतिबिन्दुका १०० बिरामीको निःशुल्क शल्यक्रियाका लागि ६ लाख सहयोग

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गर्दै मोतिबिन्दुबाट पीडित आर्थिक रूपमा विपन्न १०० जनाको निःशुल्क शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ।

Nepal Life
NIMB

कम्पनीले उक्त कार्यक्रमका लागि ६ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ। यस सहयोगबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दुका बिरामी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

माट्रिका आइ सेन्टरले विगतदेखि नै देशका विभिन्न जिल्लामा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफको सामाजिक उत्तरदायित्व कार्यक्रम जोडिँदा स्थानीय समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

आईएमई लाइफ इन्स्योरेन्सका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै उक्त सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई राहत पुग्ने बताए।

त्यसैगरी, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफको सहयोगप्रति आभार व्यक्त गर्दै कार्यक्रमले ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तर सुधारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

आईएमई लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया