साजगोठेरी सामुदायिक वनमा ७ लाखभन्दा बढी भ्रष्टाचार आरोप, तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- BFIS News
- 2026 Jun 15 17:09
काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
Commission for the Investigation of Abuse of Authority का प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन अध्यक्ष लोकबहादुर महतारा, सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
अनुसन्धानअनुसार आर्थिक वर्ष २०७८/७९ मा कटान गरिएको करिब १ हजार क्यूफिट काठ बिक्री गर्दा प्राप्त हुनुपर्ने आम्दानीभन्दा ९५ हजार ११८ रुपैयाँ कम देखाई लेखापरीक्षण प्रतिवेदन तयार पारिएको पाइएको छ। सोही आधारमा रकम हिनामिना गरिएको निष्कर्ष निकालिएको छ।
त्यसैगरी काठ चिरानी खर्च ४ लाख ४० हजार रुपैयाँ देखाइए पनि वास्तविक खर्चभन्दा ३ लाख ६६ हजार ९१६ रुपैयाँ बढी खर्च देखाइएको पाइएको आयोगले जनाएको छ।
अनुसन्धानमा आर्थिक वर्ष २०७७/७८ मा वनहेरालुलाई २ लाख २० हजार रुपैयाँ भुक्तानी देखाइएको भए पनि वास्तविक रूपमा १ लाख ३० हजार रुपैयाँ मात्र भुक्तानी भएको पाइएको छ। बाँकी रकमका लागि झुट्टा भरपाई तयार गरिएको दाबी गरिएको छ।
त्यसैगरी घरभाडा बापत ५२ हजार रुपैयाँ खर्च देखाइए पनि घरधनीले हालसम्म ८ हजार रुपैयाँ मात्र प्राप्त गरेको बयान दिएका छन्।
आयोगका अनुसार विभिन्न शीर्षकमा गरिएका अनियमितताबाट कुल ७ लाख १५ हजार ९१६ रुपैयाँ बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय मागदाबीसहित मुद्दा दायर गरिएको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया