बक्यौता नतिर्ने उद्योगमाथि कारबाही जारी, विद्युत् लाइन काट्ने क्रम निरन्तर
- BFIS News
- 2026 Jun 19 11:27
हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रभित्र बक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत् आपूर्ति विच्छेद गर्ने अभियान जारी रहेको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले बक्यौता नबुझाएका उद्योगमाथि कारबाहीस्वरूप विद्युत् लाइन काट्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ।
कार्यालयका अनुसार बिहीबार ५० वटा उद्योगको विद्युत् लाइन काटिएको थियो। सो अभियानलाई शुक्रबार बिहानदेखि पनि निरन्तरता दिइएको छ र बक्यौता रकम भुक्तानी नगरेका अन्य उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्ने कार्य भइरहेको छ।
कार्यालयका सूचना अधिकारी हिमालय भण्डारी का अनुसार बक्यौता रकम बुझाएपछि उद्योगहरूको विद्युत् लाइन पुनः जडान गर्ने व्यवस्था समेत गरिएको छ। बिहीबार मात्रै १२ वटा उद्योगले बक्यौता भुक्तानी गरेपछि उनीहरूको विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका साना तथा ठूला गरी १३१ उद्योगले हालसम्म बक्यौता रकम तिर्न बाँकी रहेको कार्यालयको तथ्यांक छ। कार्यालयले बक्यौता नबुझाउने सबै उद्योगको विद्युत् लाइन क्रमशः काटिने जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)





.jpeg)





प्रतिक्रिया