नेप्से झिनो अंकले घट्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
- BFIS News
- 2026 Jun 22 15:25
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.४६ अंकले घटेर २७००.६५ बिन्दुमा कायम भएको छ ।
आज ३५३ कम्पनीको ८१ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारका क्रममा दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । याम्बालिङ हाइड्रोपावर र टक्सार विखुवा खोलाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७.३३ प्रतिशतले वृद्धि भएको छ । सोपानको शेयर मूल्य ५.६६ प्रतिशत र अपोलो हाइड्रोपावरको शेयर मूल्य ५.२६ प्रतिशतले बढेको छ ।
बजार परिसूचक सामान्य अंकले घटे पनि केही जलविद्युत् तथा बैंकिङ कम्पनीका शेयरमा उल्लेख्य सुधार देखिएको छ । लगानीकर्ताले विशेषगरी जलविद्युत् समूहका कम्पनीमा आकर्षण देखाएका छन्
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया