Nepal Life

नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडभन्दा बढीको कारोबार

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 22 15:27
नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.४६ अंकले घटेर २७००.६५ बिन्दुमा कायम भएको छ।

 

Nepal Life
NIMB

आज ३५३ कम्पनीको ८१ लाख १२ हजार ७९८ कित्ता शेयर ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, १०.२५ प्रतिशत एनबिबिएल डिबेन्चर २०८५, स्वावलम्बन लघुवित्त वित्तीय संस्था र आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेका छन्।

त्यसैगरी ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५, रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रो र मञ्जुश्री फाइनान्सको शेयर पनि उच्च कारोबार भएका कम्पनीको सूचीमा परेका छन्।

यस दिन याम्बालिङ हाइड्रोपावर र टक्सार विखुवा खोलाको शेयरमा सकारात्मक सर्किट लागेको थियो भने सप्तकोशी डेभलपमेन्ट बैंक, सोपान फर्मास्यूटिकल्स र अपोलो हाइड्रोपावरका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया