NIMB Header 2
Nepal Life

वैदेशिक रोजगारमा गएका नेपालीका लागि अहिले अहिलेसम्मकै सर्वाधिक ठुलो आइपिओ निष्काशन हुँदै, कसरी दिने आवेदन ?

National Life
  • BFIS News
  • 2023 Oct 25 12:06
वैदेशिक रोजगारमा गएका नेपालीका लागि अहिले अहिलेसम्मकै सर्वाधिक ठुलो आइपिओ निष्काशन हुँदै, कसरी दिने आवेदन ?
Sanima Reliance

काठमाडौं । नेपाल हिमालयन रिइन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि अहिलेसम्मकै सर्वाधिक धेरै कित्ताको आइपिओ निष्काशन गर्दैछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही कात्तिक २१ गतेदेखि निष्काशन गर्ने भएको हो ।

 

Shikhar
NIMB

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ । जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गर्दैछ । उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो अहिलेसम्म प्राथमिक शेयर जारी गरेका कम्पनीहरु मध्ये सर्वाधिक धेरै हो ।

वैदेशिक रोजगारमा गएका लाखौ नेपालीहरुलाई अझै पनि कसरी प्राथमिक शेयरमा आवेदन दिने भनेर थाहा छैन त्यसैले यस भन्दा अगाडी प्राथमिक शेयर निष्काशन गरेका कम्पनीको शेयरमा १० देखि १५ हजारले मात्रै आवेदन दिने गरेको पाइन्छ ।

नेपाल धितोपत्र बोर्डले गत वर्षदेखि श्रम स्वीकृति लिएर नेपालबाहिर काम गरिरहेका नेपालीहरूका लागि १० प्रतिशत आईपीओ छुट्याउनै पर्ने व्यवस्था गरेको थियो । यसरी छुट्याए पनि अधिकांशलाई कसरी आवेदन दिन सकिन्छ भन्नेबारे ज्ञान नभएको अवस्थामा छ ।

कसरी दिने आवेदन ?

यसरी आईपीओ भर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आश्वा सदस्य बैंकमार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नुपर्नेछ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमतिप्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नुपर्नेछ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी रेमिट्यान्स बचत खाताको लागि बैंक मार्फत सि–आश्वा रजिष्ट्रेशन नम्बर (सीआरएन) लिनुपर्नेछ ।

आफ्नो रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रूपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ । आवेदकले आईपीओ निष्काशन भएको अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

ग्राहकले बैंकमा रेमिट्यान्स बचत खाता खोल्न, डिम्याट/हितग्राही र मेरोशेयरको खाता खोल्न, बैंकबाट सिआरएन नम्बर लिन र आईपीओमा आवेदन दिनका लागि बैंकहरुले सहायक कम्पनीहरु मार्फत अनलाइन सुविधाको व्यवस्था गरेका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया