NIMB Header 2
Nepal Life

झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2025 Sep 15 10:17
झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं। झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि भदौ २० गतेदेखि खुला गरेको आईपीओ (प्राथमिक सेयर) मा आवेदन दिने आज, भदौ २९ गते, अन्तिम दिन रहेको छ।

Shikhar
NIMB

कम्पनीले यसअघि भदौ २४ गते निष्काशन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो। तर, सो दिनको विषम परिस्थितिका कारण निष्काशन अवधि एक दिन थप गरेर आजसम्मका लागि लम्ब्याइएको हो।

यसअघि झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। पहिलो चरणमा ३ लाख ८० हजार १ सय ९० कित्ता शेयर स्थानिय बासिन्दा तथा ५७ हजार २९ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई प्रदान गरिएको थियो।

अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीहरूका लागि ११ हजार ४०६ कित्ता छुट्याई, बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। यस शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, जसअनुसार कुल ४ करोड ७३ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको सेयर सार्वजनिक निष्काशन गरिएको हो।

न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले गराएको क्रेडिट रेटिङ अनुसार इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

झापा इनर्जी लिमिटेडले १० मेगावाट क्षमताको ग्रीडमा आबद्ध सौर्य विद्युत आयोजना सञ्चालन गर्दै आएको छ। आयोजनाको कुल अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ रहेको छ। परियोजनाको विद्युत अनुमतिपत्र अझै २२ वर्ष बाँकी रहेको छ।

यस आयोजनाबाट लगानी फिर्ता हुने अनुमानित अवधि इक्विटीको हिसाबले ९.५५ वर्ष र प्रोजेक्टको हिसाबले ८.०६ वर्ष रहेको छ। डिस्काउन्टेड क्यास फ्लोको आधारमा लगानी फिर्ता हुने अवधि इक्विटीको १३.४६ वर्ष र प्रोजेक्टको १५.६६ वर्ष छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरू वा 'मेरो शेयर' मार्फत सि-आस्बा प्रणाली प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया